PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको रसियाको आरोप



पहिलोपोस्ट

युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको रसियाको आरोप
Photo : Reuters

रसियाले युक्रेनमाथि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाएको छ। पुटिनको निवास रहेको क्रेमलिन लक्षित दुईवटा ड्रोनलाई असफल बनाउन आफूहरु सफल भएको भन्दै रसियाले सो आरोप लगाएको हो।

क्रेमलिनले इलेक्ट्रोलिन रडारको प्रयोगबाट असफल बनाएको ड्रोनका केही टुक्रा राष्ट्रपति कार्यालयमा खसेको जनाएको छ। तर, त्यसबाट कुनै प्रकारको भौतिक र मानवीय क्षति नभएको बताइएको छ। ड्रोन आक्रमणको बेला पुटिन सो भवनमा थिएनन्।

युक्रेनले भने ड्रोन आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ। ‘हामीले पुटिन र मस्कोमा आक्रमण गरेका छैनौं,’ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले भने, ‘हामी हाम्रो भूमि, गाउँ र शहरको रक्षामा खटिरहेका छौं।’

रसिया र युक्रेन एक वर्षभन्दा बढी समयदेखि युद्धमा छन्। रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। युद्ध लम्बिँदै गर्दा दुवैतर्फबाट हजारौं मानिसको मृत्यु हुँदा लाखौं मानिस युक्रेनबाट पलायन भइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell