PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित



पहिलोपोस्ट

पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सले पञ्जाब किंग्सलाई हराएको छ। चण्डिगडस्थित बिन्द्र स्टेडियममा सम्पन्न खेलमा मुम्बईले घरेलु टोलीमाथि ६ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१४ रन बनाएको थियो। पञ्जाबका लागि लिआम लिभिङस्टोनले सर्वाधिक अविजित ८२ रन बनाउँदा जितेश शर्माले ४९ रन बनाए। त्यस्तै कप्तान शिखर धवनले ३० तथा म्याथ्यु सर्ट्सले २७ रन बनाए। बलिङतर्फ मुम्बईका पियुस चावलाले २ तथा अर्सद खानले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले १८.५ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो। मुम्बईकाका ओपनर कप्तान रोहित शर्मा डकआउट भए पनि अर्का ओपनर इशान किशनले सर्वाधिक ७५ रन बनाउँदा सूर्य कुमार यादवले ६६ रन बनाए। त्यस्तै क्यामरुन ग्रीनले २३ रन बनाउँदा आक्रामक ब्याटिङ गरेका तिलक वर्मा १० बलमा २६ रन तथा टिम डेभिड समान बलमा १९ रन बनाउँदै अविजित रहे। पञ्जाबका नाथन इल्लिसले २ विकेट लिँदा रवि विश्नोइ र अश्रदीप सिंहले समान १ विकेट लिए।

जितसँगै १० अंक जोडेको मुम्बई अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। ७ औँ स्थानमा समान १० अंक जोडेर पञ्जाब छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell