PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

म्यानचेस्टर सिटी शीर्षस्थानमा, हल्याण्डको कीर्तिमान



पहिलोपोस्ट

म्यानचेस्टर सिटी शीर्षस्थानमा, हल्याण्डको कीर्तिमान
Photo: AP

म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। प्रिमियर लिगको गएराति सम्पन्न खेलमा सिटीले वेस्ट हममाथि ३-० गोलको जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो।

इतिहाद स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। खेलको ४९ औँ मिनेटमा नाथन एकेले रियाद महरेजको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। दोस्रो गोल ७० औँ मिनेटमा अर्लिङ हल्याण्डले ज्याक ग्रिलिसको पासमा गरे। त्यस्तै तेस्रो गोल फिल फोडेनले ८० औँ मिनेटमा गरे।

वेस्टहमविरुदध् गोल गरेसँगै हल्याण्डले कीर्तिमान बनाएका छन्। उनले ३५ गोल गरेसँगै प्रिमियर लिगमा एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन्। यद्यपि लिगको अझै पाँचवटा खेल बाँकी नै छन्।

योसँगै सिटी ३३ खेलबाट ७९ अंक जोडेर अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानको आर्सनलले ३४ खेलबाट ७८ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell