PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

मणिपुरमा आदिवासी समूहबिच झडप : हिंसा रोक्न कर्फ्यू, मोबाइल इन्टरनेट सेवा बन्द



पहिलोपोस्ट

मणिपुरमा आदिवासी समूहबिच झडप : हिंसा रोक्न कर्फ्यू, मोबाइल इन्टरनेट सेवा बन्द
Photo : ANI

भारतको मणिपुरमा पाँच दिनका लागि मोबाइल इन्टरनेटको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। ब्रोडब्यान्ड सेवा पनि संचालनमा रहेको छ। आदिवासी समूहहरुको प्रदर्शनका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिएपछि ठूलो समूहमा भेला हुन पनि रोक लगाइएको छ।

विभिन्न समूहका युवाबिच झडप भएपछि मणिपुर अशान्त भएको हो। आदिवासी समूहको विद्यार्थी संगठनले मेटिस आदिवासी समूहलाई 'सेड्यूड्ल ट्राइब्स'समूहमा राख्नुपर्ने माग सहित भएको प्रदर्शन हिंसात्मक बनेको थियो।  

राज्य सरकारले हिंसा रोक्न ९ वटा जिल्लामा कर्फ्यू लगाएको छ। आदिवासी समूहको संख्या कम रहअको जिल्लामामा कर्फ्यू लगाइएको हो। त्यस्तै, केही जिल्लामा रात्रीकालीन कर्फ्यू पनि लगाइएको छ।

अवस्था नियन्त्रणमा लिनका लागि सेनासँगै असम राइफल्सका जवान परिचालन गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell