PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बेलग्रेड गोलीकाण्ड : ९ जनाको हत्या गरेका बालकले हप्तौंदेखि बनाएका थिए 'टार्गेट'हरुको सूची



पहिलोपोस्ट

बेलग्रेड गोलीकाण्ड : ९ जनाको हत्या गरेका बालकले हप्तौंदेखि बनाएका थिए 'टार्गेट'हरुको सूची
Photo : BBC

सर्बियामा गत बुधवार १३ वर्षीया बालकले ९ जनाको हत्या गरे। ८ जना विद्यार्थी र एकजना सुरक्षा गार्ड गरि ९ जनालाई उनले गोली हानी हत्या गरेका थिए। सेन्ट्रल बेलग्रेडको रिबनिकर प्राइमरी स्कूलमा घटना भएकै दिन प्रहरीले गोली चलाउने बालकलाई पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले ती विद्यार्थीले हप्तौंदेखि उनीहरुको हत्या गर्न योजना बनाइसकेको खुलेको जनाएको छ। उनले कुन विद्यार्थीलाई 'टार्गेट' बनाउने र कुन कक्षा कोठामा पहिला जाने भनेर पहिला नै 'लिस्ट' बनाएका थिए।

विद्यार्थीहरुको हत्या उनले किन गरे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा ६ जना विद्यार्थी र एकजना शिक्षक घाइते भएका थिए।

पक्राउ परेका अभियुक्तले आफ्नो बुवाको बन्दुक प्रयोग गरेको खुलेको छ। प्रहरीले उनका बुवा र आमालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

सर्बियाका राष्ट्रपति एलेक्सेन्डर भुसिसले सो घटनालाई देशकै सबैभन्दा गाह्रो समय भनेका छन्। उनले गोली चलाउने व्यक्तिलाई 'मानसिक क्लिनिक'मा पठाउने बताएका छन्। सर्बियन कानुन अनुसार गोली चलाउने व्यक्ति १४ वर्ष मुनी भएकाले अपराधिक मुद्दा लगाउन पाइँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell