PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

पूर्व गृहमन्त्री रामबहादुर थापाका छोराले भने : मेरो संलग्नता छैन



पहिलोपोस्ट

पूर्व गृहमन्त्री रामबहादुर थापाका छोराले भने : मेरो संलग्नता छैन

काठमाडौं : पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। बिहीवार विज्ञप्ति जारी गर्दै झुटो आरोपसहित आफ्नो नाम जोडिएको भन्दै आपत्ती प्रकट गरेका हुन्।

उनले आफ्नाबारे आएका समचार राजनीतिक प्रतिशोध जस्तो भएको आरोप लगाएका छन्। बुधवार उनी विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो। उनले अनुसन्धान प्रकृयालाई इमान्दारपूर्वक सहयोग गर्ने बताएका छन्।

नक्कली भुटानी प्रकरणमा रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले मंगवार पक्राउ गरेको छ। त्यस्तै बुधवार सचिव टेकप्रसाद पाण्डे समातिएका छन्। बुधवार नै भैरहवाबाट टोपबहादुर रायमाझीका छोरो सन्दीप पनि पक्राउ गरेको छ। प्रहरीले टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीको खोजी सुचीमा छन्। अहिलेसम्म प्रहरीले यस प्रकरणमा ८ जनालाई समातिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell