PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

टोपबहादुर माथिको अनुसन्धानमा कुनै 'डिस्टर्ब' गर्दैनौं : एमाले



पहिलोपोस्ट

टोपबहादुर माथिको अनुसन्धानमा कुनै 'डिस्टर्ब' गर्दैनौं : एमाले

काठमाडौं : नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न पार्टीले कुनै बाधा नगर्ने प्रष्ट्याएको छ। उप महासचिव तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पक्राउ पूर्जी जारी भइसकेकाले रायमाझीमाथि हुने अनुसन्धानमा पार्टीले कुनै अप्ठेरो नपार्ने बताए।

'अहिले त पक्राउ पूर्जी न जारी भएको हो। यसमा हामी कुनै डिस्टर्ब गर्दैनौं। उहाँबारे अहिले पार्टीले कुनै धारणा बनाएको छैन,' गुरुङले भने।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रायमाझीको पनि कनेक्सन रहेको भन्दै प्रहरीले बुधवार पक्राउ पुर्जी जारी गरेको छ। रायमाझीका छोरा सन्दीप भने बुधवार नै पक्राउ परिसकेका छन्। गृह जिल्ला अर्घाखाची रहेका बेलामा रायमाझी लाई पक्राउ गर्न पूर्जी जारी भएको थियो। तर उनी त्यसपछि प्रहरीको सम्पर्कमा आएका छैनन्।

बुधवार नै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे उक्त प्रकरणमा पक्राउ परिसकेका छन्। रायमाझीले आफूलाई नक्कली शरणार्थीबारे कुनै जानकारी नभएको भन्दै उक्क प्रकरणमा जोडिएकोमा बिरोध गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell