PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

नक्कली शरणार्थी प्रकरण : बुटवलमा समातिएका टोपबहादुर रायमाझीका छोरालाई अदालतमा हाजिर गराइयो



पहिलोपोस्ट

नक्कली शरणार्थी प्रकरण : बुटवलमा समातिएका टोपबहादुर रायमाझीका छोरालाई अदालतमा हाजिर गराइयो

काठमाडौं : नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ पछि अदालतमा उपस्थित गराइएको छ।

बुधवार राति उनलाई बुटवलबाट पक्राउ गरिएको हो। आज बिहान भैरहवाबाट उनलाई विमानमार्फत काठमाडौं ल्याइएको हो। उनलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर अनुसन्धानको लागि हिरासतमा राख्न अनुमति लिइनेछ।

जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पक्राउ अनुमति दिएसँगै प्रहरीको खोजी सूचीमा सन्दीप पनि परेका थिए। उता सन्दीपका बुबा टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसेको छ। तर, टोपबहादुर रायमाझी भने सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ।

बुधवार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ पूर्जी जारी भएपछि उनी प्रहरीकहाँ आफैँ गिरफ्तारी दिन पुगेका थिए। एमालेकै नेता तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राई पनि पक्राउ परिसकेका छन्। उनका छोरा पनि प्रहरीको खोजी सूचीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell