काठमाडौं : नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउपछि अदालतमा उपस्थित गराइएको छ। बिहीवार दिउँसो उनलाई अदालतमा हाजिर गराइएको हो।
बुधवार राति उनलाई बुटवलबाट पक्राउ गरिएको थियो। बिहीवार बिहान भैरहवाबाट विमानमा काठमाडौं ल्याइएको हो। विमानस्थलबाट उनलाई काठमाडौं परिसरमा लगिएको थियो। त्यसपछि अदालत लगिएको हो।
उनको हातमा हतकडी लगाइएको थियो। मुखमा मास्क लगाएर शिर निहुँर्याएर उनी अदातल परिसरमा देखिएका थिए। अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पक्राउ अनुमति दिएसँगै प्रहरीको खोजी सूचीमा सन्दीप पनि परेका थिए। उता सन्दीपका बुबा टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसेको छ। तर, टोपबहादुर रायमाझी भने सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ।