PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

रास्वपालाई सरकारमा ल्याउनेबारे गठबन्धनमा छलफल हुन्छ : माधव नेपाल



पहिलोपोस्ट

रास्वपालाई सरकारमा ल्याउनेबारे गठबन्धनमा छलफल हुन्छ : माधव नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउनुपर्ने बताएका छन्।

आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताएका हुन्।

'राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो। अब गठबन्धनमा छलफल गरी यसबारे टुङ्गो लगाइनेछ', उनले भने।

उनले विश्वमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि देखिएकाले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताइका थिए। सरकारले अनावश्यक खर्च कटौती गरि जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने उनले बताएका थिए। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell