PahiloPost

May 24, 2026 | १० जेठ २०८३

वर्ल्ड बैंकको अध्यक्षमा भारतीय मूलका अमेरिकी कारोवारी अजय बंगा चुनिए



पहिलोपोस्ट

वर्ल्ड बैंकको अध्यक्षमा भारतीय मूलका अमेरिकी कारोवारी अजय बंगा चुनिए
Photo : Reuters

वर्ल्ड बैंकको कार्यकारी निर्देशकहरुको बैठकले अजय बंगालाई बैंकको अध्यक्षका रुपमा छनोट गरेका छन्। बंगाको कार्यकाल जुन २ देखि सुरु हुने वर्ल्ड बैंकले जनाएको छ। उनको कार्यकाल पाँच वर्षको हुनेछ।

भारतीय मूलका अमेरिकी कारोवारी एवम् मास्टरकार्डका पूर्व प्रमुख बंगाले जेनरल एटल्यान्टिकको उपाध्यक्षका रुपमा समेत काम गरेका छन्।

फेब्रुअरी २३ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले वर्ल्ड बैंकको अध्यक्षमा उनको नाम प्रस्तावित गरेका थिए। बंगाले दिल्ली विश्वविद्यालयबाट ग्रयाजुएशन गरेका थिए भने आइआइएम अहमदाबादबाट एमबीए पूरा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell