काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुई सदनका सचिव नियुक्त गरेका छन्। पौडेलले प्रतिनिधि सभा सचिवमा पद्मप्रसाद पाण्डे र राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याल नियुक्त गरेका हुन्। सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नियुक्तिका लागि उनीहरुको नाम सिफारिस गरेका थिए।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डे प्रतिनिधि सभाको र अर्याल राष्ट्रिय सभाको सचिव नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयले संसदलाई पठाएको छ।
यसअघिका प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको पाँच वर्षे कार्यकाल सकिएपछि नयाँ सचिव नियुक्त गरिएको हो।