इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ। हैदराबादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले हैदराबादमाथि ५ रनको जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७१ रन बनाएको थियो। कोलकत्ताका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाउँदा कप्तान नितिश रानाले ४२, आन्द्रे रसेलले २४ तथा जेसन रोयले २० रनको योगदान दिए। हैदराबादका लागि मार्कस स्टोइनिस र टी नटराजनले समान २ विकेट लिँदा भुवनेश्वर कुमार, कार्तिक त्यागी, एइडन मार्क्रम र मायंक मार्कन्डेयले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिउको हैदराबाद भने ८ विकेट गुमाएर १६६ रनमा समेटियो। हैदराबादका लागि वैभव अरोर र सार्दुल ठाकुरले समान २ विकेट लिँदा हर्षित राना, आन्द्रे रसेल, अंकुल रोय र वरुण चक्रवर्तीले समान १ विकेट लिए।
जितसँगै खराब प्रदर्शनको शृङ्खला तोड्दै कोलकत्तालाई राहत मिलेको छ। १० खेलबाट ८ अंक जोडेर कोलकत्ता तालिकाको आठौँ स्थानमा उक्लिएको छ। समान खेलबाट ६ अंक जोडेको हैदराबाद तालिकाको ९ औँ स्थानमा छ। शीर्ष स्थानमा १२ अंक जोडेको गुजरात टाइटन्स छ।