काठमाडौं : नेकपा एमालेका सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी ' सम्पर्क विहिन ' भएका छन । नक्कली भुटानी शरणार्थी खडा गरि अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोमा बुधवार जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको प्रहरीले रायमाझीलाई खोजी रहेको छ।
बुधवार साँझसम्म सम्पर्कमा रहेका रायमाझी राति ९ बजेपछी भने सम्पर्क विहिन भएका हुन्। अदालतबाट पक्राउ पुर्जी जारी भए पछि उनी आफैं काठमाडौं आएर प्रहरी कहाँ आउने खबर सार्वजनिक भएको थियो। प्रहीले पनि रायमाझीसँग सोही अपेक्षा राखेको थियो तर पुर्जी जारी भएको २४ घण्टा बितिसक्दा पनि उनी सम्पर्कमा छैन।
‘अहिले सम्म उहाँ सम्पर्कमा हुनु हुन्न,’ काठमाडौ उपत्यका प्रहरी कायालयका एआइजी श्याम इवालीले भने।
बुधवार उनी अधोपांचीमा थिए। उनीसंगै कार्यक्रममा समामुख घिमिरे पनि सहभागी थिए। साँझ सभामुखसँगै विमानबाट काठमाडौं फकिने तय थियो तर भैरहवा पुगे पछि रायमाझीले टिकट क्यान्सिल गरे र उतै बसे। त्यतिखेर सम्म उनी पत्रकार, नेता , प्रहरीसँग पनि सम्पर्कमा थिए।
बुधबार नै पक्राउ पुर्जी जारी गरेका उनका छोरा सन्दिपलाई भने साँझ पक्राउ गरे पछि उनी सम्पर्क विहिन भएका हुन्। उनको मोबाइलको अन्तिम लोकेसन भैरहवा देखाएको प्रहरीले जानकारी दिएको छ।
पूर्वमन्त्रीको हैसियतले पाएको पिएसओ काठमाडौंमा नै छोडेर उनी जिल्ला गएका थिए। पक्राउ पूर्जी जारी भएपछि पार्टी अध्यक्ष केपी ओलीसँग फोन संवाद भएको स्वयम् ओलीले बिहिवार बताएका थिए। त्यस्तै, प्रहरी प्रमुखसँग पनि रायमाझीले पक्राउको बारेमा कुराकानी गरेको ओलीले बताएका थिए।
रायमाझी नक्कली भुटानी शरणर्यी प्रकरणमा मुछिएका छन्। यस प्रकरणमा बहालवाला सचिव सहित ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।