PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

व्यवसायी कँडेल मृत्यु प्रकरण : रावल समातिए, रुङ्गटा अझै फरार



पहिलोपोस्ट

व्यवसायी कँडेल मृत्यु प्रकरण : रावल समातिए, रुङ्गटा अझै फरार

काठमाडौं : चितवन प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा एकजनालाई पक्राउ गरेको छ।

बैशाख १९ गते भरतपुर -८ बस्ने ५१ वर्षीया शंकर प्रसाद कँडेल अनमोल फिड्स  प्रा लिको कार्यालयमा झुन्डिएर मृत अवस्थामा फेला परेका थिए।व्यवसायी कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन बहादुर रावल रहेका छन् ।

३६ वर्षीय जीवन बहादुर रावललाई बाराबाट पक्राउ गरिएको चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए । कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइड नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए। सो घटनापछि निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन् । उनलाई पक्राउ गरि घटनाबारे थप अनुसन्धान गरिरहेको पण्डितले बताए।

रुङ्गटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। पण्डितले नेपाल प्रहरी, सिआइबीलगायत सङ्गठनका निकाय परिचालन भएकाले छिट्टै पक्राउ पर्ने बताए । नेपालका परिचित पोल्ट्री व्यवसायी कँडेल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell