PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

मिटरब्याजमा अनुचित लेनदेन पुष्टि भए सात वर्ष कैद, ७० हजार जरिवाना



पहिलोपोस्ट

मिटरब्याजमा अनुचित लेनदेन पुष्टि भए सात वर्ष कैद, ७० हजार जरिवाना

काठमाडौं : मिटरब्याजीलाई सात वर्षसम्म कैद सजाय हुने भएको छ।

कानुन विपरित गएर तोकिएभन्दा बढी ब्याज लिएको खण्डमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुने भएको हो। सरकारले नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई थप सजाय गरेको अध्यादेश राजपत्रमार्फत सार्वजनिक गरिएको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा २४९ ' क' मा सजायको व्यवस्था गरिएको छ। अनुचित लेनदेन गर्न नहुने भन्दै व्यवस्था गरिएको छ। यदि गरिएको खण्डमा सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवान हुने भनिएको हो। त्यस्तै ऋण असुलीका लागि कुनै पनि धाकधम्की दिन नहुने भनिएको छ।

मिटरब्याज पीडितहरु बढ्दै गएपछि सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell