PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

'जारी'ले तीन सातामै कमायो १६ करोड, ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’ को उठेन लगानी



पहिलोपोस्ट

'जारी'ले तीन सातामै कमायो १६ करोड, ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’ को उठेन लगानी

काठमाडौं : वैशाख १ मा रिलिज भएको उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ को व्यापार जारी छ। चौथौ साता लाग्दा जारीले क्युएफएक्समा मात्रै १७ शो पाएको छ। पछिल्लो अपडेट अनुसार जारीले  नेपाल भरबाट १६ करोड रुपैयाँको व्यापार गरिसकेको वितरक फिल्मका मनोज राठीले बताए।

गत साता रिलिज भएका फिल्म ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’ को व्यापार भने कमजोर देखिएको छ। चलचित्र विकास बोर्डको बक्सअफिस तथ्याङअनुसार एक सातामा प्रसाद २ ले ७० लाख कमाउँदा ‘नाईं नभन्नू ल ६’को ग्रस कलेक्सन २५ लाखमात्रै छ। 

चलचित्र विकास बोर्डका सदस्य रबि अधिकारीले दुबै फिल्मको बक्सअफिस कलेक्सनबारे पृष्टि गरे।

यी दुबै फिल्म हिट फिल्मका सिरिज हुन्। जसकारण दुबै फिल्मले बक्सअफिसमा राम्रो कमाई गर्ने आशा गरिएको थियो। तर, बक्सअफिस कलेक्सन हेर्दा दुबै फिल्मले लगानीसमेत उठाउन नसक्ने अवस्था छ।

नाईं नभन्नू ल ६’ लाई पहिलो हप्ताबाटै प्राय : मल्टिप्लेक्स हलहरुले उतारिसकेका छन्।  प्रसाद २ भने सीमित शो पाउँदै दोस्रो सातामा चलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell