PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटना



पहिलोपोस्ट

संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटना
Photo : Wangchhedar Lama

काठमाडौं : संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ मा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटना पश्चात उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गरेको छ।

प्रशासनलाई स्थानीयले सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको जानकारी दिएका थिए। जानकारी आएपछि थप बुझ्नको लागि सुरक्षाकर्मी परिचालन गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।

'सिप्रुङ् भन्ने ठाउँमा दुर्घटना भयो भन्ने जानकारी आएको छ। तर, पुष्टि भइसकेको छैन। प्रहरी टोली पुगेपछि थप जानकारी आउँछ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell