PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

संखुवासभामा हेलिकप्टर दुर्घटना : उद्धारको लागि सेनाको हेलिकप्टर पठाइयो



पहिलोपोस्ट

संखुवासभामा हेलिकप्टर दुर्घटना : उद्धारको लागि सेनाको हेलिकप्टर पठाइयो
Photo : Wangchhedar Lama

काठमाडौं : संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ मा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटना पश्चात उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गरेको छ।

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक सिडिओ मोहनमणि घिमिरेले जानकारी दिए।

'सेनाको हेलिकप्टर अर्कै कामले आएको थियो। अहिले त्यही हेलिकप्टर उद्धारमा पठाएका छौं,' घिमिरेले भने।

हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना स्थानीयले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell