काठमाडौं : संखुवासभाको भोटखोला ४ सिप्रुङको जिजिङ्खामा अप्पर अरुण हाइड्रोको सामान लाने क्रममा हेलिकोप्टर दुर्घटना भएको छ। सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन्।
पाइलट सुरेन्द्र पौडेल, को-पाइलट, टिम सदस्य छिरिङ भोटे (चेपुवा), स्थानीय भबिन गुरुङ घाइते भएका हुन्। उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारको लागि काठमाडौं ल्याइँदैछ।