PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

एसियाली भारोत्तोलनमा सागरले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

एसियाली भारोत्तोलनमा सागरले प्रतिस्पर्धा गर्ने
तस्बिर: राखेप

काठमाडौँ: एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालका सागर भण्डारीले प्रतिस्पर्धा गर्ने भएका छन्। मे ३ देखि १३ तारिखसम्म दक्षिण कोरियाको जेन्जुमा हुने प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

नेपालको खेल मे १३ तारिखमा रहेको छ। यो प्रतियोगिता पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको छ। प्रतियोगितामा सहभागी हुन १३ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता सागरसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरिया प्रस्थान गर्दै छ। जसमा प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell