PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

कोशी प्रदेश नामाकरणको विरोध गर्दै बानेश्वरको सडकमा किराँतीले मनाए उँभौली

कोशी प्रदेश नामाकरणको विरोध गर्दै बानेश्वरको सडकमा किराँतीले मनाए उँभौली

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : कोशी प्रदेश नामाकरणको विरोध गर्दै किराँत समुदायले काठमाडौंमा उँभौली पर्व मनाएका छन्। काठमाडौंस्थित नयाँ बानेश्वरमा प्रदेश नम्बर १ पुनः नामाकरणको माग गर्दै उँभौली मनाएका हुन्।

‘सडकमै जुटौँ, सडकमै नाचौँ’ भन्ने नाराका साथ उनीहरु बानेश्वरमा उत्रिएका हुन्। छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकीमा सजिएका किराती युवती र दौरासुरुवाल, ढाका टोपीमा सजिएका किराँती युवाले ढोल र झ्याम्टामा रम्दै नाचेका पनि थिए।

बैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ। बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ।

गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell