PahiloPost

May 24, 2026 | १० जेठ २०८३

हेलिकप्टर दुर्घटनामा परी घाइते स्थानीय भविनको मृत्यु



पहिलोपोस्ट

हेलिकप्टर दुर्घटनामा परी घाइते स्थानीय भविनको मृत्यु
फोटो : Wang Bhote

काठमाडौं : सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए। 

हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएका थिए। शुक्रवार दिउँसो १:१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ। 
 
मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए। दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि मेडिसिटी अस्पताल ल्याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell