PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

महामन्त्रीमा पराजित भएपछि मन्त्रीबाट राजीनामा दिएका मीनेन्द्र रिजाल बल्ल केन्द्रीय सदस्य



पहिलोपोस्ट

महामन्त्रीमा पराजित भएपछि मन्त्रीबाट राजीनामा दिएका मीनेन्द्र रिजाल बल्ल केन्द्रीय सदस्य

काठमाडौं : कांग्रेस नेता डा मीनेन्द्र रिजाल पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रवार रिजाललाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्।

१४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित रिजाल लामो समयपछि केन्द्रीय समितिमा ब्याक भएका हुन्। उनीसँगै महामन्त्रीमा पराजित भएकाहरु डा प्रकाशशरण महत र प्रदीप पौडेललाई भने देउवाले यसअघि नै केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। महामन्त्रीमा पराजित भएपछि रिजालले रक्षामन्त्रीबाट समेत राजीनामा दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell