PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा बालकृष्ण खाणको नाम मुछिएकोबारे सोध्दा महामन्त्री शर्माको जवाफ यस्तो



पहिलोपोस्ट

नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा बालकृष्ण खाणको नाम मुछिएकोबारे सोध्दा महामन्त्री शर्माको जवाफ यस्तो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रका शर्माले भ्रष्टाचार प्रकरणमा मुछिएकाहरु कसैलाई छाड्न नहुने बताएका छन्। कुनै पनि व्यक्तिमाथि छानबिन भएमा त्यसलाई सघाउने काम राजनीतिक दलको भएकोसमेत महामन्त्री शर्माले बताए। 

'हामीले छानबिनका क्रममा राज्यलाई सघाउनुपर्छ। विश्वप्रकाश शर्मा दोषी हो भने सजाय पाउनुपर्छ। निर्दोष हो भने सफाय पाउनुपर्छ,' कांग्रेस पदाधिकारी बैठकपछि शर्माले पत्रकारसँग भने।

अनुसन्धानको सुई कांग्रेसतिर फर्किए पनि यसमा सघाउने काम राजनीतिक दलको हुनुपर्ने उनको भनाई रह्यो। 'विधिको विषयमा कांग्रेस र एमाले हुन्न। कानुनले केही गर्दा राजनीतिक दल चुप बस्नुपर्छ। मेरो दल मेरो नेता भन्न पाइँदैन। निर्दोष जुनसुकै दलको होस फस्न भएन,' शर्माले भने, 'अनुसन्धान हुने कुरामा सघाउने राजनीतिक दलको जिम्मेवारी हो। हामीले नै ल्याएको कानुन हामीलाई चाहि नलाग्ने भन्ने हो र? कसैमाथि छानविन गर्दा तथ्यमा छानबिन हुनुपर्छ। को पर्नुहुन्छ को पर्नुहुन्न भन्ने कुरा हामीले भन्ने होइन। कानुनले हो। इन्भेस्टिगेसनले हो।'

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा पारी ठगी गरेको विषयमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको नामसमेत मुछिएको आरोप छ। यस विषयमा प्रश्न सोध्दा महामन्त्री शर्माको जवाफ थियो - अनुसन्धानको क्रममा जाँदै कसको नाम आयो भन्ने कुरा आएन। कुनै नाम उछालेर हुँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell