PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

वीरगंजमा मनाइयो बुद्ध जयन्ती



पहिलोपोस्ट

वीरगंजमा मनाइयो बुद्ध जयन्ती

वीरगंजः वीरगंज बौद्ध समितिको आयोजनामा वीरगंजमा २५६७औँ बुद्ध जयन्ती मनाइएको छ। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती विविध कार्यक्रम गरी मनाइएको हो। गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्तिको दिनमा यो जयन्ती मनाउने चलन रहेको छ।

वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्।

वीरगंजका बौद्ध समाजले ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशीला हो’, नाराका साथ भिस्वा डाँडामा शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरेको थियो। बौद्ध स्तुप रहेको भिस्वा डाँडा परिसरमा शुक्रबार घुमघाम गर्न आउने सर्वसाधारण विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell