PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

टोपबहादुर रायमाझीका बारेमा ओलीले अस्ति पनि चासो राख्नुभएको थियो आज पनि राख्नुभयो : प्रचण्ड



पहिलोपोस्ट

टोपबहादुर रायमाझीका बारेमा ओलीले अस्ति पनि चासो राख्नुभएको थियो आज पनि राख्नुभयो : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच सांसद तथा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा छलफल भएको छ।

सिंहदरबारमा प्रचण्ड - ओलीबिच नक्कली शरणार्थी प्रकरणमा तानिएपछि फरार रहेका रायमाझीको विषयमा छलफल भएको हो। ओलीले रायमाझीका विषयमा चासो राखेको छलफलपछि प्रचण्डले बताए। ओली भने आज मिडियाबाट टाढै रहन चाहे। दुई दिन अघि ओली र प्रचण्डबिच यसैगरी छलफल भएको थियो। छलफल लगत्तै ओलीले रायमाझीको बचाउ हुनेगरी अभिव्यक्ति दिएका थिए।

'अस्ति पनि यस विषयमा उहाँको कन्सर्न थियो। आज पनि कन्सर्न उहाँले राख्नुभयो। बचाउ भनेर त उहाँले भन्न सक्ने कुरा भए न नि ! प्रधानमन्त्रीसँग कुरा गर्दाखेरी,' प्रचण्डले छलफलपछि भने। 

आज भने ओलीले रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका थिए। बिहीवार ओलीले उपप्रधानमन्त्री भइसकेको व्यक्तिलाई बाटोबाटै पक्रन नपर्ने बताएका थिए। रायमाझी गृह जिल्ला अर्घाखाचीबाटै फरार भएका हुन्। रायमाझी विरुद्ध पक्राउ पूर्जी जारी भएपछि ओली सक्रिय भएका छन्। उनको प्रचण्डसँग संवाद सघन हुन थालेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell