PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

रुप्से झरनामा चिप्लिएर खस्दा काठमाडौंका एक जनाको मृत्यु



रासस

रुप्से झरनामा चिप्लिएर खस्दा काठमाडौंका एक जनाको मृत्यु

म्याग्दी : अन्नपूर्ण गाउँपालिका-३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर शनिवार एक जनाको मृत्यु भएको छ।
 
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार ढुंगाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो।
 
प्रहरीका अनुसार बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना अवलोकन गर्ने क्रममा भण्डारी टेकेको ढुंगाबाट चिप्लिएर खसेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell