PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने सत्ता गठबन्धनको निचोड



पहिलोपोस्ट

प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने सत्ता गठबन्धनको निचोड

काठमाडौंः सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनु नपर्ने निचोड निकालेको छ। शनिबार साँझ बालुवाटारमा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डेले बताए। 

पाण्डेका अनुसार विश्वासको मतको विषयमा प्रधानमन्त्रीले कानुन व्यवसायीसँग पनि परामर्श गरिसकेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने वा नपर्नेमा मतभेद छ। रास्वपा सरकारमा सहभागी र समर्थन दिएको दल भएकाले विश्वासको मत लिनुपर्ने केही कानुन व्यवसायीको तर्क छ । तर, गठबन्धनले भने रास्वपा हाल सरकारमा नरहेको र विश्वासको मतमात्र कायम रहेको अवस्थामा पुनः मत लिनु नपर्ने निचोड निकालेको हो। 

बैठकमा नेपाली नागरिकलाई भुटानी शरणर्थी बनाएर अमेरिका पठाउने गिरोहमाथि भइरहेको छानबिनका विषयमा पनि छलफल भएको छ। साथै प्रधानन्यायाधीश नियुक्तिका विषयमा पनि गठबन्धन दलभित्र छलफल भएको छ। 

यस्तै, बैठकले संसदको बजेट अधिवेशन प्रारम्भ हुने दिन वैशाख २४ गते नै बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्नेबारे पनि छलफल गरेको छ। सिद्धान्त र प्राथमिकता पेशलाई संसदले पनि सम्भावित कार्यसूचीमा सामेल गरिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell