इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएको छ। दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले दिल्लीमाथि ७ विकेटको सहज जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेको बेङ्ग्लोरका लागि कोहलीले सर्वाधिक ५५ रन बनाउँदा फाफ डुप्लिसिसले ४५ रन बनाए। त्यस्तै महिपाल लोमरले अविजित ५५ रनको योगदान दिए। बलिङतर्फ दिल्लीका मिचेर मार्सले २ विकेट लिँदा खलील अहमेद र मुकेश कुमारले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १६.४ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। दिल्लीका लागि फिल साल्टले सर्वाधिक ८७ रन बनाउँदा मिचेल मार्सले २६ तथा डेभिड वार्नरले २२ रन बनाए। त्यस्तै रिले रोसोउ ३५ र अक्षर पटेल ८ रनमा अविजित रहे। बलिङतर्फ बेङ्ग्लोरका जोस हेजलवुड, कर्ण शर्मा र हर्षल पटेलले समान १ विकेट लिए।
जितसँगै १० खेलबाट ८ अंक जोडेको दिल्ली अंकतालिकाको ९ औँ स्थानमा छ। बेङ्ग्लोर समान खेलबाट १० अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ।