काठमाडौं : काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा अहिले ज्याकारान्डा फुलेको छ। काठमाडौं उपत्यकालाई ज्याकारान्डाले थप सुन्दर देखाएको छ यतिखेर।
घण्टाघर, कमलपोखरी, रत्नपार्क, चक्रपथ क्षेत्र बैजनी रंगले रंगिएको छ अहिले।
मध्य चैतदेखि बैशाखसम्म ज्याकारान्डाले काठमाडौंको सुन्दरतामा थप रौनक भर्ने गर्छ। फूल फुलेको क्षेत्रमा तस्विर खिचाउनेको पनि भिड बढेको छ।