PahiloPost

Dec 24, 2025 | ९ पुष २०८२

टेकससको सपिङ मलमा गोली चल्दा ८ जनाको मृत्यु



पहिलोपोस्ट

टेकससको सपिङ मलमा गोली चल्दा ८ जनाको मृत्यु
Photo : Reuters

अमेरिकाको टेकससमा एक बन्दुकधारी व्यक्तिले गोली चलाइ ८ जनाको हत्या गरेको छ। सिटी अफ एलेन्समा रहेको एक सपिङ सेन्टरमा गोली चलेको हो।

सो घटनामा मारिनेमा बालबालिका पनि रहेको र ७ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ।

गोली चलेपछि प्रहरीले मलमा रहेका सयौं व्यक्तिलाई बाहिर निकालेको थियो।

प्रहरीले गोली चलाउने व्यक्तिको पनि जवाफी कारवाहीका क्रममा मृत्यु भएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

अमेरिकामा यो वर्षमा मात्रै १९८ वटा गोलीकाण्ड भइसकेको छ। गत सातामात्रै टेकससमा एक व्यक्तिले पाँचजनाको गोली चलाइ हत्या गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell