PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

भण्डारीले रोकेको नागरिकता विधेयकलाई कसरी अघि बढाउने? कानुनविदसँग परामर्श गर्दै राष्ट्रपति पौडेल



पहिलोपोस्ट

भण्डारीले रोकेको नागरिकता विधेयकलाई कसरी अघि बढाउने? कानुनविदसँग परामर्श गर्दै राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज नागरिकता विधेयकलाई कसरी अगाडि बढाउने भनेर कानुन व्यवसायीहरुसँग छलफल गर्ने भएका छन्। तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था विपरीत दुवै सदनबाट पास भएको सो विधेयकलाई ‘होल्ड’ गरेकी थिइन्।

कानुन व्यवसायीहरुले राष्ट्रपति पौडेलले तत्कालीन राष्ट्रपतिले रोकेको विधेयक प्रमाणीकरण गर्न सक्ने बताइरहेका छन्। शनिवार प्रधानमन्त्री र कानुन व्यवसायीहरुबिच यही विषयमै छलफल पनि भएको थियो।

पूर्व राष्ट्रपति भण्डारीले दुवै सदनले पारित गरेको नागरिकता विधेयक गत साउनमा सन्देश सहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन्। त्यसपछि फेरि दुवै सदनले विधेयक स्वीकृत गरि राष्ट्रपति कहाँ पठाएको थियो। तर, भण्डारीले संविधान सो विधेयक प्रमाणीकरण नै गरिनन्।

भण्डारी शीतल निवासबाट बाहिरिएपछि रामचन्द्र पौडेल राष्ट्रपति निवासमा पुगेका छन्। हाल सो विधेयक प्रमाणीकरण नहुँदा नागरिकबिहीनहरुले नागरिकता पाउन सकेका छैनन्। त्यसकारण सो विधेयकलाई कसरी अगाडि बढाउने भन्नेबारे पौडेलले परामर्श गर्न लागेका हुन्। आज दिउँसो १ बजे राष्ट्रपति कार्यालयमा पौडेलले कानुनविदसँग छलफल गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell