PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त, साढे १२ बजे शपथ



पहिलोपोस्ट

कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त, साढे १२ बजे शपथ

काठमाडौं : नेपाली कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त भएका छन्। आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन्।

आचार्यको शपथ दिउँसो साढे १२ बजे तोकिएको राष्ट्रपतिको कार्यालयले जनायो। अहिले उक्त मन्त्रालय सम्हाल्दै आएका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइने भएको छ। आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell