PahiloPost

May 24, 2026 | १० जेठ २०८३

सुरेन्द्र आचार्यलाई महिला मन्त्रालयको कमान्ड, महिन्द्रराय खानेपानीमा सरुवा



पहिलोपोस्ट

सुरेन्द्र आचार्यलाई महिला मन्त्रालयको कमान्ड, महिन्द्रराय खानेपानीमा सरुवा
शीतल निवासमा पद तथा गोपनियताको शपथ लिँदै नवनियुक्त मन्त्री सुरेन्द्र आचार्य।

काठमाडौं : नेपाली कांग्रेसका सुरेन्द्र आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्। आइतवार राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा आचार्यलाई पद तथा गोपनियताको शपथ लिएका हुन्। 

आचार्यलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन्। उक्त मन्त्रालय यसअघि नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले खानेपानी मन्त्रालय सम्हालेका थिए।

आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। आचार्य राष्ट्रपति पौडेल निकट नेता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell