काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटीको झापामा तय भएको बैठक काठमाडौंमै बस्ने भएको छ। बैठक वैशाख २८ देखि ३० सम्म झपामा बस्ने तय भएको थियो।
उक्त बैठक संसदको बजेट अधिवेशन सुरु भएको भन्दै काठमाडौंमै सारिएको हो। आम निर्वाचन र २ महिने मिसन ग्रासरुट अभियानको समीक्षाका लागि बैठक बोलाइएको एमालेले जनाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।