PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

निसीखोलामा डुबेर बागलुङमा एक बालिकाको मृत्यु



पहिलोपोस्ट

निसीखोलामा डुबेर बागलुङमा एक बालिकाको मृत्यु
प्रतीकात्मक फाइल फोटो।

गलकोट : निसीखोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। बागलुङको निसिखोला गाउँपालिका-६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी छोरी पाँच वर्षीया साकीराको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए।

घरभन्दा दुई सय मिटर तल रहेको निसीखोलामा खेल्ने क्रममा डुबेर गम्भीर भएकी बालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell