काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठको पहिलो साता सांसदका प्रश्नको जवाफ दिने भएका छन्।
आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रश्नोत्तर गर्ने सहमति जुटेको छ। प्रतिनिधि सभा नियमावली २०७९ मा भएको व्यवस्था अनुसार प्रचण्ड सांसदसँग सवाल जवाफ गर्न तयार भएका हुन्। यसअघि सांसदलहरुले प्रधानमन्त्री सांसदका प्रश्नको जवाफ नदिएर भागिरहेको आरोप लगाएका थिए।
वैशाख २२ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षी वेञ्चमा पुगेको छ। प्रतिनिधि सभाको बजेट अधिवेशन आइतवारदेखि सुरु हुँदैछ। आजको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस भन्ने प्रस्ताव गर्नेछन्।