PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

सांसदमा आरजुको आक्रोश : मैले केही बिराएको छैन, म डराउदिनँ



पहिलोपोस्ट

सांसदमा आरजुको आक्रोश : मैले केही बिराएको छैन, म डराउदिनँ

काठमाडौं : नेपाली कांग्रेसकी सांसद डा आरजु देउवाले आफ्नो नाम जोडेर अनेकन प्रश्न उठ्न थालेकोमा गुनासो गरेकी छिन्। सांसदमा सम्बोधन गर्दै नेतृ राणाले आफ्नो नाम जोडेर अनेकथरी आरोप लागे पनि आफू नडराउने चुनौति दिइन्। 'मेरो नाम जोडेर अनेकथरी प्रश्न उठेका छन्। एउटा नारीले आफ्नो हैसियतमा उभिएर राजनीति गरेको यो देशमा सह्य नहुने रहेछ,' आरजुले भनिन्, 'पुरुषले भनेको मात्र मान्नुपर्ने। आफ्नो पब्लिक लाइफमा आयो भने असह्य नहुने। जति क्रिटिसाइज गरे पनि मैले केही बिराएको छैन डराउदिनँ।'

आफूलाई दुई मिनेटमात्र समय दिएकोमा आरजुले दुखेसोसमेत पोखिन्। 'अरुलाई त अलि धेरै टाइम दिया जस्तो लाग्थ्यो। तर ठिकै छ,' उनले भनिन्। उनलाई सभामुख देवराज घिमिरेले २ मिनेटको समय दिएका थिए। आरजुले सबैको सम्पति विवरण सार्वजनिक गर्नसमेत माग गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell