PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

देश एउटा डरलाग्दो अँध्यारो सुरुङमा प्रवेश गर्ने खतरा छ : बाबुराम भट्टराई



पहिलोपोस्ट

देश एउटा डरलाग्दो अँध्यारो सुरुङमा प्रवेश गर्ने खतरा छ : बाबुराम भट्टराई

हेटौंडा : पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल अहिलेको अवस्थामा मात्रै नभई सँधै संकटमा भएको बताएका छन्। उनले आइतवार हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै विश्वको सबैभन्दा गरिब, विश्वकै कम आर्थिक वृद्धिदर भएको, सबैभन्दा बढी श्रम पलायन भएको देशमा नेपाल पर्ने भएकाले संकट लामो समयदेखि भएको बताएका हुन्।

‘सबैभन्दा बढी परनिर्भर अर्थतन्त्रमध्येमा हामी छौं। यो लामो समयदेखिको छ, यसको समाधान गर्नेगरी अब सामान्य टालटुले तरिका होइन केही संरचना सुधार र संस्थागत सुधारका काम गर्नुपर्छ’, उनले भने, ‘हाम्रो अर्थतन्त्र जुन निरपेक्ष गरिबी छ हाम्रो आय विश्वको औसतभन्दा १० गुना कम छ। त्यसैले, यसको समाधान हामीले आन्तरिक रुपमा पनि बाह्य सम्बन्धमा सुधार गरेर खोज्नुपर्छ भन्ने ढंगले मैले आफ्नो कुरा राखेको छु। आगामी दिनमा देश एउटा डरलाग्दो अध्यारो सुरुङमा प्रवेश गर्ने खतरा हुन्छ।’

उनले वाग्मती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा सडक विस्तार अनिवार्य भएको बताए। डा भट्टराईले उक्त सडक विस्तारका लागि कसैले पनि कुनै बाधाअवरोध नगरी सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिए।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा बजार क्षेत्रमा पर्ने खण्डको दायाँबायाँ २५/२५ मिटर विस्तार कार्य वर्षौँअघि सुरु भएपनि त्यसले हालसम्म पूर्णता पाउन सकेको छैन। सडक विस्तारको विषयलाई लिएर हेटौंडामा अहिले थुप्रै बहस भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell