हेटौंडा : वाग्मती प्रदेशमा आर्थिक वर्ष २०८०/८१ को नीति योजना कार्यक्रमको छलफलको लागि सोमवार सर्वदलीय बैठक बस्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमवार सर्वदलीय छलफलको आह्वान गरेको हो।
आउँदो आर्थिक वर्षको बजेट निर्माणको लागि मुख्यमन्त्री कार्यालयले सर्वदलीय बैठक बोलाएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलका निजी सचिव वीरेन्द्रजंग थापाले बताए। बैठकमा वाग्मती प्रदेशसभामा सहभागी रहेका सबै दलका प्रतिनिधिहरूको सहभागिता हुने उनले बताए।