PahiloPost

Jun 15, 2026 | १ असार २०८३

एमाले सांसद कोइरी निलम्बनको सूचना संसदमा, बैठक भोलिसम्म स्थगित



पहिलोपोस्ट

एमाले सांसद कोइरी निलम्बनको सूचना संसदमा, बैठक भोलिसम्म स्थगित

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनको सूचना सुनाइएको छ। सभामुख देवराज घिमिरेले आइतबारको संसदमा कोइरी निलम्बनको सूचना सुनाएका हुन्।

वर्षे अधिवेशनको पहिलो दिन आज सांसदहरुले विभिन्न विषयमा संसदमा आवाज उठाए। नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता विधेयक प्रकरणमा सांसदहरुले आआफ्नो धारणा राखे।

बजेट अधिवेशनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बजेको प्राथमिकता र सिद्धान्त प्रस्तुत गरे।

बैठक भोलि ११ बजे बस्नेगरी स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell