PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

कांग्रेसले थाल्यो पार्टी सुधार तथा रुपान्तरण अभियान, तोकिए सातै प्रदेशमा संयोजक



नेत्र तामाङ

कांग्रेसले थाल्यो पार्टी सुधार तथा रुपान्तरण अभियान, तोकिए सातै प्रदेशमा संयोजक
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसले सातै प्रदेशमा पार्टी सुधार तथा रुपान्तरण अभियान शुरु गर्ने भएको छ। सातै प्रदेशका कांग्रेस नेताहरुको दुई दिने भेलाले यो अभियान चलाउने निर्णय गरेको हो। संस्थापनइतरको भेलाले सातै प्रदेशमा संयोजकसमेत तोकेको छ।

जसअनुसार कोसीमा गुरु घिमिरे, मधेसमा रञ्जित कर्ण, वाग्मतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा प्राडा गोविन्द पोखरेल, कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्का संयोजक तोकिएका छन्। अभियानको मितिबारे केही दिनमा टुंगो लाग्ने कांग्रेस नेता वंशलाल तामाङले जानकारी दिए।

उपनिर्वाचनमा सत्ता गठबन्धनको सहायतामा चुनाव लड्दासमेत दुई स्थानमा कांग्रेसका उम्मेदवार पराजित भए। ठुलो दल भएर पनि दुबै स्थानमा पराजित भएपछि कांग्रेसभित्र रुपान्तरणको मुद्दा उठ्न थालेको हो। यसैगरी कांग्रेसभित्र विशेष महाधिवेशनकोसमेत माग हुन थालेको छ।

नीति अधिवेशन औचित्यहीन भएकोले आफूहरु भुँईमान्छेको एजेन्डा लिएर पुनर्जागरणमा निस्कन लागेको प्राडा गोविन्द पोखरेलले बताए। 'कांग्रेसमा रिइनरजाइज गर्ने भन्ने कुरा हो। नीति अधिवेशनको औचित्य छैन। भुईमान्छेको एजेन्डा लिएर पुनर्जागरण गर्न हामी निस्कँदैछौ,' प्राडा पोखरेलले भने, 'दल बलियो बनाउन नेतृत्व, एजेन्डा र संगठन चाहिन्छ। नीति अधिवेशनले त्यही एजेन्डा, त्यही नेतृत्व, र त्यही संगठन स्थापित गर्ने हो।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell