PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

यी हुन् बजेटका सिद्धान्त र प्राथमिकताः निजी क्षेत्रको मनोबल वृद्धि, छनोटमा छिटो प्रतिफल दिने आयोजना



पहिलोपोस्ट

यी हुन् बजेटका सिद्धान्त र प्राथमिकताः निजी क्षेत्रको मनोबल वृद्धि, छनोटमा छिटो प्रतिफल दिने आयोजना

काठमाडौंः अर्थमन्त्री डा. प्रकाशसरण महतले बजेटको सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा पेश गरेका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा बजेटले मुख्य प्राथमिकता दिने महतले जनाएका छन्। लगानीमैत्री वातावरण निर्माण, कोभिडपछिको पर्यटन क्षेत्रलाई प्रोत्साहन, निजी क्षेत्रको लगानी बढाउन सरलीकृत कानुनी व्यवस्थालाई सरकारले प्राथमिकतामा राखेको महतले बताएका छन्।

दिगो र समावेशी आर्थिक विकास सरकारको सिद्धान्त रहेको छ। सामाजिक न्याय र सामाजिक क्षेत्रको विकासलाई पनि सरकारले मुख्य सिद्धान्त कायम गरेको छ । 

सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहमा संरचनागत सुधारलाई पनि सरकारले प्राथमिकतामा राखेको मतले जनाएका छन्। सरकारले ठूला आयोजना, छिटो प्रतिफल दिने योजना, कृषि, उद्योग र पर्यटन क्षेत्रलाई पनि बजेटको प्राथमिकतामा राख्ने महतले जनाएका छन्।

अन्यको तुलनामा प्रतिस्पर्धात्मक रहेका जलविद्युत्, सूचना प्रविधि लगायतका क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको छ। यस्ता क्षेत्रको वस्तु र सेवाको निर्यातलाई पनि सरकारले प्राथमिकतामा राखेको छ। सुशासन प्रवद्र्धन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने पनि बजेटको सिद्धान्त र प्राथमिकतामा उल्लेख छ।

यस्तो छ सिद्धान्त र प्राथमिकता

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell