PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मन्त्रालय भागबण्डामा गगनको असन्तुष्टि : अब त अति भयो!



पहिलोपोस्ट

मन्त्रालय भागबण्डामा गगनको असन्तुष्टि : अब त अति भयो!
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसले चार चरण गरी सरकार सहभागी भएको छ। तर संस्थापनको पेलानका कारण संस्थापनइतरले मागेजति कोटा पाएन। कांग्रेसले ९ मन्त्रालय पाउँदा संस्थापनइतरले २ मन्त्रालयमात्र पायो।

आइतवार कांग्रेसका सुरेन्द्र आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रुपमा शपथ लिएका छन्। आचार्य राष्ट्रपति रामचन्द्र पौडेल निकट नेता हुन्। यो मन्त्रिपरिषद्मा महामन्त्री गगन थापाले पनि आफ्नो कोटाबाट एक जना मन्त्री बनाउने चाहना राखेका थिए। आफ्नो कोटाबाट मन्त्री कसैलाई नबनाए आफै सरकारमा सहभागी हुने तयारीसमेत गगनको थियो। तर मन्त्री परिषद्को भाग आफ्नो पक्षमा नपरेपछि थापाले आक्रोश पोखेका छन्।

आइतवार यसै विषयतर्फ इ‌ंगित गर्दै महामन्त्री थापाले ट्वीट गरेका छन्- कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell