PahiloPost

Jun 15, 2026 | १ असार २०८३

म्यानचेस्टर युनाइटेड वेस्टहमसँग पराजित, न्युक्यासलमाथिको जितले आर्सनललाई राहत



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेड वेस्टहमसँग पराजित, न्युक्यासलमाथिको जितले आर्सनललाई राहत
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड वेस्टहम युनाइटेडसँग पराजित भएको छ। लण्डन स्टेडियममा सम्पन्न खेलमा म्यानचेस्टर घरेलु टोलीसँग १-० गोलअन्तरले पराजित भएको हो।

घरेलु टोलीलाई जित दिलाउन सइद बेनरम्माले निर्णायक गोल गरे। उनले खेलको २७ औँ मिनेटमा गोल गरेका थिए।

वेस्टहमसँगको पराजयले म्यानचेस्टरले तेस्रो स्थानमा उक्लने अवसरबाट चुकेको छ। साथै चौथो स्थान पनि जोखिममा पर्ने देखिएको छ। अंकतालिकामा तेस्रो स्थानमा रहेको न्युक्यासल युनाइटेडको २ खेलबाँकी छँदा ६५ अंक छ। त्यति नै खेल बाँकी रहेको युनाइटेड ६३ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। पाँचौँ स्थानमा एक खेल बाँकी रहेको लिभरपुल ६२ अंक जोडेर रहेको छ।

अर्कोतर्फ जितसँगै वेस्ट हम ३५ खेलबाट ३७ अंक जोड्दै तालिकाको १५ औँ स्थानमा छ।

 गएराति नै सम्पन्न अर्को खेलमा न्युक्यासल युनाइटेडलाई हराएर आर्सनल दोस्रो स्थानमा कायम छ। १४ औँ मिनेटमा मार्टिन ओडेगार्डको गोलमा अग्रता बनाएको आर्सनलले दोस्रो गोल आत्मघाती गोल उपहार पाएको थियो। ३४ खेलबाट ८२ अंक जोड्दै म्यानचेस्टर सिटी शीर्षस्थानमा रहँदा दोस्रो स्थानको आर्सनलको ८१ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell