PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

१२ वर्षपछि सिरियाले पुन: प्राप्त गर्‍यो अरब लिगको सदस्यता



पहिलोपोस्ट

१२ वर्षपछि सिरियाले पुन: प्राप्त गर्‍यो अरब लिगको सदस्यता
Photo : Khaled Desouki/AFP

अरब लिगका विदेश मन्त्रीहरुको बैठकले सिरियाको सदस्यता फेरि कायम गर्ने निर्णय गरेको छ। काइरोस्थित लिगको मुख्यालयमा भएको मतदानमा उनीहरुले सिरियालाई फेरि अरब लिगको सदस्यता दिने निर्णय गरेका हुन्।

मे १९ मा साउदी अरेबियामा अरब लिगको सम्मेलन हुँदैछ। त्यसअघि नै सिरियालाई फेरि सदस्य राष्ट्र बनाइएको हो। सन् २०११ मा सिरियाका राष्ट्रपति बसर अल असदले त्यहाँ भएको आन्दोलन दमन गर्न आदेश दिएपछि अरब लिगले सिरियालाई सदस्यबाट हटाएको थियो। सन् २०११ यता सिरिया गृहयुद्धको चपेटामा छ। गृहयुद्धयता करिब ५० हजार सिरियाली नागरिकको मृत्यु भइसकेको छ भने २ करोड ३० लाख मानिस विस्थापित भइसकेका छन्।

अहिले पनि सिरियाको नेतृत्व बसर अल असदकै हातमा छ। अरब लिग भने अहिले सिरिया संकट समाधान गर्न र सम्बन्ध सुधारको पक्षमा छ।

सिरियाले भने सदस्यता पुन: प्राप्तीपछि लिगभित्र आपसी समानता कायम हुनुपर्ने बताएको छ। यस्तै, अरब राष्ट्रहरुसँग मिलेर अघि बढ्न आफूहरु तयार भएको सिरियाको प्रतिक्रिया छ।

सदस्यता पाएपछि अल असादले मे महिनामा हुने सम्मेलनमा सहभागिता जनाउन पाउनेछन्। यद्यपि, उनी आउने नआउने टुंगो लागेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell