सन् २०२२ को जुनमा थाइल्यान्डले गाँजाको उत्पादन र बिक्री खुला गर्यो। प्रतिबन्धित सूचीबाट गाँजालाई हटाउँदै त्यसबेला स्वास्थ्य मन्त्री अनुतिन चर्बिरकुलले थाइल्यान्डलाई गाँजाको ‘हब’ बनाउने घोषणा गरे। तर, त्यस्तो 'हब' भने स्वास्थ्य प्रयोजनका लागिमात्र हुने उनले बताएका थिए। यद्यपि, थाइल्यान्डको संसदले गाँजासम्बन्धी विधेयक पारित गर्न भने बाँकी छ। जसकारण गाँजा व्यवसाय अहिले अस्तव्यस्त अवस्थामा छ।
हाल थाइल्यान्डमा स्थानीय गाँजाभन्दा अमेरिकाबाट गैरकानुनी रुपमा आयातित गाँजाको व्यापार धेरै हुने गरेको व्यापारी बताउँछन्। अमेरिकाबाट गाँजा तस्कर गर्नेहरुले स्थानीय उत्पादनभन्दा सस्तोमा बेच्ने गरेका छन्।
थाइल्यान्डका स्थानीय तस्करदेखि विदेशीहरु हरेक दिन स्थानीय पसलमा जाने र गाँजा बेच्ने प्रयासमा रहने व्यवसायी बताउँछन्। त्यसरी बेच्न ल्याइएका गाँजाहरु नक्कली हुने गरेको प्रयोगकर्ताले बताउने गरेको व्यापारी बताउँछन्।
यसरी गैर कानुनी रुपमा गाँजाको बिक्री बढ्न थालेपछि स्थानीय उत्पादक र व्यापारी चिन्तित बन्न थालेका छन्। यता, कानुनको अभावमा गैरकानुनी रुपमा नै खुल्ला रुपमा गाँजा बिक्री हुने क्रम बढ्दो छ। त्यसैले स्थानीय बिक्रेताहरु भने आउने दिनमा अहिलेकै अवस्था सिर्जना भए आफूहरुले पाउनुपर्ने आर्थिक आर्जन अमेरिकी गाँजाका कारण घट्न सक्नेमा चिन्तित बन्न थालेका हुन्।