PahiloPost

May 24, 2026 | १० जेठ २०८३

भारतको केरलामा डुंगा दुर्घटना : २१ जनाको मृत्यु



पहिलोपोस्ट

भारतको केरलामा डुंगा दुर्घटना : २१ जनाको मृत्यु
Photo : PTI

भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ। आइतवार राति भएको दुर्घटनामा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

हाल उद्धार कार्य जारी रहेको छ। डुंगामा करिब ५० जना वा क्षमताभन्दा दोब्बर यात्रु रहेको हुनसक्ने अधिकारीहरुले बताएका छन्। जसकारण कतिजना यात्रु बेपत्ता छन् भन्ने तथ्यांक यकिन हुनसकेको छैन।

केही यात्रुलाई उद्धार गरि अस्पताल लगिएको छ। चारजनाको अवस्था गम्भीर रहेको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

दुर्घटना हुँदा यात्रुहरुले ‘लाइफ ज्याकेट’ लगाएका थिएनन्। प्रहरी र सरोकारवाला निकायले दुर्घटनाबारे अनुसन्धान सुरु गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell