PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

संसदमा कपडा खोलेर अर्धनग्न हुनेलाई के हुन्छ कारबाही, अमरेशले नियमावली उल्लंघन गरेका हुन्?



पहिलोपोस्ट

संसदमा कपडा खोलेर अर्धनग्न हुनेलाई के हुन्छ कारबाही, अमरेशले नियमावली उल्लंघन गरेका हुन्?

काठमाडौं : प्रतिनिधि सभा सदस्य अमेरशकुमार सिंहले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेका छन्। बजेट अधिवेशनको सोमवारको दोस्रो बैठकमा सिंह अर्धनग्न भएका हुन्। उनले नियमावलीको नियम २१ को घ मा भएको व्यवस्थालाई उल्लंघन गरेको सभामुख देवराज घिमिरेले बैठकमा बताएका थिए।

बैठक सुरु भएको सूचना घिमिरेले सार्वजनिक गर्नासाथ स्वतन्त्र सांसद सिंहले बोल्नका लागि समय मागेका थिए। उनी उठिरहेपछि घिमिरेले बस्न पटक पटक अनुरोध गरेका थिए। 'माननीय सदस्यहरु बसौं। बैठक चलाउन सहयोग गर्न माननीय सदस्यको कर्तव्य हो,' घिमिरेले भनेका थिए। उनले समय लिएर मात्रै बोल्न पनि ध्यानकर्षण गराएका थिए।

तर सिंहले बोल्न नदिएको भन्दै सर्टसमेत खोलेर अर्धनग्न भएका थिए। बैठकमा विषेश समय र आकस्मिक समय आजका लागि नछुट्याएको जानकारी घिमिरेले गरेका थिए। 'मानीय सदस्य तपाईँलाई बोल्न समय दिइएको छैन तपाईँ बस्नुस्। माननीय सदस्य म तपाईँलाई नियमावलीको नियम २१ को खण्ड घ आकर्षित गर्न चाहन्छु,' उनले भने।

सभामुखले नियम ३० अनुसार अभद्र व्यवहार देखाएकोमा चेतावनी दिएका थिए। उनले चेतावनीअनुसार नमाने थप कारवाही हुने पनि सभामुख घिमिरेले बताएका थिए। चेतावनीको पालना नगरे बैठकबाटै निष्कासन गर्नसक्ने व्यवस्था संसद नियमावलीको नियम ३१ मा उल्लेख छ। 'आदेश पालना नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ,' नियममा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell